Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै, राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने

    माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै, राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ। नेकपा माओवादी केन्द्रले बोलाएको पार्टी केन्द्रीय कमिटीको  बैठक आज   बस्दै छ ।

    शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले पनि सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो।



    राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले त्यसलाई महाधिवेशनमा परिणत गर्न लागिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।



    तीन दिनसम्म चल्ने सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुनेछन् । प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने कार्यक्रम तयार भएको छ

    देशभरि नेतृत्व चयनको प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएको आधारमा यसलाई महाधिवेशन भने पनि हुने निष्कर्षमा आफू पुगेको अध्यक्ष प्रचण्डले शनिबार बताएका थिए।

    २०६९ सालमा माओवादीले आफ्नो सातौं महाधिवशेन हेटौंडामा सम्पन्न गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार