काठमाडौँ। नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन उपस्थित नहुने भएका छन् ।
लामो समयदेखि जन्डिस बिग्रिएर उपचाररत पुन उपस्थित नहुने भएका हुन् थाइल्याण्डमा उपचार गराइरहेका नेता पुनको स्वास्थ्यमा सुधार नभएपछि केहि साता अघि उनलाई चीन लागिएको थियो ।
केहि हदसम्म स्वास्थ्यमा सुधार भएपनि डाक्टरहरुले उनलाई थप केही दिन अस्पतालमा बस्न सुझाव दिएपछि उनी चीनमा नै रोकिएका हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार फोन गरेर पुनलाई स्वास्थ्यको ख्याल गर्न र आराम गर्न सुझाव दिएका छन् । उनले महाधिवेशन पूर्णरूपमा सफल हुने जनाऊदै पुनलाई स्वास्थ्यलाभ गर्न आग्रह गरेका हुन् ।
Leave a Reply