एजेन्सी। भारत मध्य प्रदेशको एक निजी विद्यालयमा सेफ अलि खान र करिना कपुरको छोरासँग सम्बन्धित प्रश्न सोधेपछी विवाद खडा भएको छ ।
स्कुलको ६ कक्षाको सामान्य ज्ञानको परीक्षामा करिना कपुर र सेफ अलि खानको छोराको पूरा नामक लेख्नुस् भनिएको थियो ।यो घटना खंडवाको एकेडेमिक ह्वाइट्स पब्लिक स्कुलको हो ।
टर्मिनल परीक्षा चलिरहेको बेला बच्चा जब परीक्षा दिएर घर पुगे अभिभावकले प्रश्न पत्रमा यो प्रश्न देखेर जिल्ला प्रशासन कार्यालयमा यसको गुनासो गरेका थिए ।
उनीहरूले स्कुलको विरुद्धमा कारवाईको माग समेत गरेका छन् ।
Leave a Reply