Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एमालेको चाहाना तेस्रो पटक संसद् विघटन : प्रचण्ड

    एमालेको चाहाना तेस्रो पटक संसद् विघटन : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १० पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातार संसद् अवरुद्ध गरेर एमालेले फेरि पनि संसद् विघटन होस् भन्ने चाहेको आरोप लगाएका छन् ।

    प्रथम राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज सम्पादकसँग गरिएको अन्तर्क्रियामा अध्यक्ष प्रचण्डले भने, “एमाले अध्यक्ष ओलीले तेस्रो पटक संसद् विघटन गर्न खोजिरहेका छन् । पहिलोपटकको विघटन सडकबाट बदर गर्‍यौँ । दोस्रो पटकको विघटन अदालतबाट बदर गर्‍यौँ । तेस्रो पटक पनि प्रयास भइरहेको छ । हामी हुन दिन्नौँ ।”



    एमाले छलफलबाट भाग्न खोजिरहेकाले आफूहरू अध्यक्ष केपी शर्मा ओली निवास बालकोटनै गएर संवाद गर्न चाहेको उनको भनाइ थियो । महत्वपूर्ण विषयमा छलफल गर्न सरकारले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नभएको उल्लेख गर्दै उनले आफूले प्रधानमन्त्रीलाई ओलीसँग छलफल गरौँ भनेको बताए ।



    “प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभयो, तर प्रमुख प्रतिपक्षी दलका नेता प्रधानमन्त्रीले बोलाएको बैठकमा आउनुहुन्न, पटक–पटक प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने र प्रमुख प्रतिपक्षी नआउने”, अध्यक्ष दाहालले भन्नुभयो, “मैले त एकपटक प्रधानमन्त्रीलाई भनेँ, प्रधानमन्त्रीजी अब उहाँ आउनुहुन्न, त्यस्तै हुनुहुन्छ । हाम्रो के लाग्यो ? तपाईं र म नै बालकोट जाऔँ । यो सदन पनि यसरी रोकिदिनुभएन भनौँ । देशका अरु विषय पनि हल गरौँ भनेको छु ।”

    अध्यक्ष प्रचण्डले सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्ति एक हुनुपर्ने बताए । माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी गठबन्धनमा रहेको उल्लेख गर्दै उनले गठबन्धनभन्दा बाहिर रहेका पार्टीसँग पनि आगामी निर्वाचनमा मोर्चा बनाउने र एकता गर्ने विषयमा कुराकानी भइरहेको बताए । ढिलोचाँडो माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) एक हुनसक्ने उनको भनाइ थियो । “माधव नेपाल र हामी ढिलोचाँडो एक ठाउँमा हुन्छौँ, हामी यसअघि पनि आफैँ छुट्टिएका हैनौँ”, उनले भने ।रासस 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार