Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • चुनावसम्मै संसद्‍ अवरोध रहने ओलीको चेतवानी

    चुनावसम्मै संसद्‍ अवरोध रहने ओलीको चेतवानी

    अनलाइन नेपाल
  • शनिबार, १० पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा एमालेको अवरोध चुनावसम्मै रहने चेतावनी दिएका छन् । पार्टी विभाजन भएदेखि एमालेका सांसदहरूले सदनमा अवरोध गर्दैआएका हुन् ।

    शनिबार विराटनगरमा पुगेका ओलीले पत्रकारहरूसँग यस्तो बताएका हुन् । आफूहरूले पार्टीबाट ‘निष्कासन गरेका मान्छेहरू’लाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा पनि आफूहरू नजाने ओलीको जिकिर छ ।



    ‘अर्ली इलेक्सन भए पनि नभए पनि इलेक्सन हुनुपर्छ,’ उनले भने, ‘इलेक्सन भएपछि धोपीपाट लगाइन्छ ।’यस क्रममा सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको ओलीको भनाइ थियो । ‘सरकारले एमसीसीको बारेमा आफ्नो नीति बताउन सकेको छैन ।



    व्यक्तिगत तवरले सरकारले कुरा गरिरहेको छ र गठबन्धनको सरकार भएपछि गठबन्धनको एउटा धारणा त आउनुपर्छ नि १’ अध्यक्ष ओलीले भने । गठबन्धन दलभित्रका एमसीसीबारे पार्टीहरूको आआफ्ना छुट्टै नीति भएकोले अन्योल बनेको उनको धारणा थियो । तर एमसीसीको बारेमा पहिले सरकारको धारणा आएपछि मात्रै आफूहरूले केही बोल्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार