Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • गुण्डा नाइके राधे भण्डारी धादिङबाट पक्राउ

    गुण्डा नाइके राधे भण्डारी धादिङबाट पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 6.6K
    SHARES

    धादिङ।  लकडाउन उलंघन गरी अवैध गतिविधिमा संलग्न रहेको आरोपमा गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधे धादिङमा पक्राउ परेका छन्।

    भण्डारीलाई शनिबार बेलुका जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले पक्राउ गरेको स्रोतले जनाएको छ। उनलाई धादिङको सिद्धलेक गाउँपालिका बुङचुङबाट पक्राउ गरिएको  । पक्राउ परेका उनले लकडाउन उलंघन गरी अवैध गतिविधिमा संलग्न रहेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।



    यसअघि पनि हतियार सहित पटक पटक पक्राउ परेका भण्डारी राजनीतिक आडमा छुट्दै आएका छन् ।



    निर्माण व्यावसायी महासंघका अध्यक्ष सरद गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरहेका समिरमान बस्नेतको समुहमा रहेर धादिङसहितका विभिन्न क्षेत्रमा गुण्डागर्दी गर्दै आएका भण्डारीले यसअघि अर्का गुण्डा नाइके दिनेश अधिकारी चरीलाई समेत गोली प्रहार गरेका थिए ।

    केही महिना धादिङकै गजुरी प्रहरीले भण्डारीलाई हतियारसहित स्थानियबासीलाई धम्काउँदै गरेको अभियोगमा पक्राउ गरेको थियो । तर, त्यति बेला समेत राजनीतिक आडमा उनी छुटेका थिए । उनीबिरुद्द प्रहरीले अनुसन्धान थालेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार