Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • प्रहरीकै मिलेमतोमा कैदीका नाइकेलाई भगाइएको पुष्टि, थप एक जना पक्राउ

    प्रहरीकै मिलेमतोमा कैदीका नाइकेलाई भगाइएको पुष्टि, थप एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    दाङ । जिल्ला प्रहरी कार्यालय दाङले घोराही कारागारका कैदीलाई भगाउन सहयोग गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तीन जनाको मिलेमतोमा कैदीलाई भगाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि समेत भएको छ । अहिले अनुसन्धानमै रहेकाले उनीहरूको नाम भने सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।



    जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेका थिए । घोराही कारागारका नाइके समेत रहेका परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेका थिए।



    प्रहरीले उनी भागेपछि उनलाई भगाउन सहयोग गरेको आरोपमा प्रहरी जवान धनबहादुर चौधरीलाई बिहीबार नै पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ। अन्य दुईमध्ये एक जनालाई शुक्रबार बिहान पक्राउ गरिएको र अर्का एकजनाको खोजी भइरहेको प्रहरीको भनाइ छ।

    घटना बिहानको समयमा भएको थियो, तर प्रहरी जवान चौधरीले साँझ ४ बजे मात्रै खबर गरेपछि उनकै मिलेमतोमा भगाइएको आशंका गरिएको छ। ती कैदीले सात वर्ष जेलजीवन बिताइसकेका थिए।

    घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार