Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • स्पेनमा कोभिडको बढ्दो सङ्क्रमण, नियन्त्रणका लागि पुन: निषेधाज्ञा आदेश जारी

    स्पेनमा कोभिडको बढ्दो सङ्क्रमण, नियन्त्रणका लागि पुन: निषेधाज्ञा आदेश जारी

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 912
    SHARES

    फाइल फोटो

    एजेन्सी । स्पेनको उत्तरपूर्वी क्षेत्र क्यातलोनियामा क्रिसमसको पूर्वसन्ध्यामा रात्रिकालिन निषेधाज्ञा आदेश जारी गरिएको छ ।

    कोभिड–१९ को बढ्दो सङ्क्रमण रोक्नका निषेधाज्ञा जरूरी देखिएको भन्ने क्षेत्रीय सरकारको निर्णयलाई बिहीबार अदालतले अनुमोदन गरेको हो ।



    यूरोप, अमेरिका लगायतका क्रिश्चियन बहुल मुलुकले धुमधाम साथ क्रिसमस मनाइरहेका समय स्पेनी राज्य क्यातलोनियामा कोभिड–१९ संक्रमण नियन्त्रणका लागि यो नीति अख्तियार गरिएको हो ।



    यस क्षेत्रको सर्वोच्च अदालतले क्याटालोनियाको क्षेत्रीय सरकारले राती १ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म रात्रिकालिन कर्फ्यू लगाउन गरेको अनुरोधसँग सहमत भएको कुरा बताएको छ ।

    यो आदेश उपाय शुक्रबारदेखि १५ दिनसम्म लागू हुने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार