Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एमाले अध्यक्ष ओलीलाई १५१ किलोको माला

    एमाले अध्यक्ष ओलीलाई १५१ किलोको माला

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.3K
    SHARES

    पर्सा। नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पर्सामा आज आयोजित एक कार्यक्रममा १५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।

    नेकपा (एमाले)को जिल्ला समिति पर्साले जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताले ओलीलाई १५१ किलोको माला लगाइएर स्वागत गरेका हुन्।



    जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा आएका थिए । सो क्रममा ओलीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियालगायतका सयौँ नेताकार्यकर्तालाई नेकपा (एमाले)मा प्रवेश गराई स्वागत गरेका थिए ।



    मिया नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार