Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री समक्ष महान्यायाधिवक्ताले भने- चोलेन्द्रलाई महाअभियोग लगाएर भएपनि निकास दिनुस्

    प्रधानमन्त्री समक्ष महान्यायाधिवक्ताले भने- चोलेन्द्रलाई महाअभियोग लगाएर भएपनि निकास दिनुस्

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसदीय प्रक्रिया (महाअभियोग) लगाएर भएपनि न्यायपालिकामा देखिएको समस्याको निकास निकालिनुपर्ने बताएका छन्।

    बिहीबार महान्यायाधिवक्ता कार्यालयको ७१ औं स्थापना दिवसको कार्यक्रममा महान्यायाधिवक्ता खातीले न्यायालयमा देखिएको समस्यालाई चाँडो भन्दा चाँडो निकास दिन आग्रह गरेका हुन् ।



    कार्यक्रममा उपस्थित रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै महान्यायाधिवक्ता खातीले न्यायपालिकामा देखिएको समस्या समाधानका लागि सर्वदलीय बैठक बोलाउन माग समेत गरेका छन् ।



    ‘न्यायालयको समस्याले जनताले न्याय पाउने अधिकारबाटै बञ्चित हुनुपर्ने अवस्था आएको छ। यस्तो अवस्था धेरै समयसम्म रहनुहुँदैन,’ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै खातीले भने, ‘प्रमुख प्रतिपक्षीसँग छलफल गरी संसदीय प्रक्रिया (महाअभियोग)बाट भएपनि निकास दिनुहोस्।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार