Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • आगामी राष्ट्रपतिको निर्वाचनमा पनि उम्मेदवारी दिने जो बाइडेनको घोषणा

    आगामी राष्ट्रपतिको निर्वाचनमा पनि उम्मेदवारी दिने जो बाइडेनको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने अब हुने अर्काे राष्ट्रपतिको निर्वाचनमा पनि आफू उम्मेदवारी दिने बताएका छन् ।

    अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ । सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने बाइडेनको भनाइ छ।



    बुधबार एबीसी वल्र्ड न्युजसँगको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् । बाइडेनलाई सो अन्तर्वार्ताका क्रममा अर्काे निर्वाचनमा राष्ट्रपति पदमा पुनः उठ्नुहुन्छ भनी सोधेको प्रश्नमा उनले सो जवाफ दिएका थिए ।



    ‘हेर्नुस् म अहिलेजस्तै स्वस्थ भएँ र मलाई अबको चार वर्षपछि पनि म अहिलेजस्तै अवस्थामा आफूलाई पाएँ भने त्यो निर्वाचनमा पनि म अवश्य उठ्छु,’ जवाफमा बाइडेनले भनेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार