काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दलित महिलातर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्ष हाबी भएको छ।
कांग्रेस निर्वाचन समितिका अनुसार दलित महिलातर्फ निर्वाचित हुने चार वटै पदमा सभापति देउवा पक्ष हाबी भएको हो।
बिजयी हुनेहरुमा सुजाता परियार, लक्ष्मी परियार, शान्ति परियार र रुपा विश्वकर्मा रहेको निर्वाचन समितिले जनाएको छ। उनीहरु देउवा निकट मानिन्छन्।
बिजेता सुजाता र लक्ष्मी यसअघि पनि केन्द्रीय सदस्य थिए भने शान्ति र रुपाले पहिलो पटक केन्द्रीय सदस्यमा बिजयी भएका हुन्।
Leave a Reply