काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् ।
नेतृ रञ्जुले बिहीबार एक वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी आफू संलग्न पार्टीबाट अलग भएको घोषणा गरेकी हुन् ।
अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उनको भनाइ छ । उनले अब आफू ‘फ्री चरी’ भएको पनि बक्तब्यमा उल्लेख गरेकी छिन्।
‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ,’ दर्शनाले भनेकी छिन्।
यस्तो छ रन्जनाले जारी गरेको बक्तव्य:
Leave a Reply