काठमाडौँ। बंगलादेशमा आज (बिहीबार)देखि एसियन सेन्ट्रल जोन महिला भलिबल सुरु हुँदै छ। साविक विजेता नेपालले श्रीलंकाको सामना गर्दैछ ।
ढाकामा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ मा सुरु हुनेछ । अरुण शाहीको कप्तानीमा रहेको नेपाल श्रीलंकालाई हराउँदै सुखद् सुरुआतको खोजीमा हुनेछ ।
महिलातर्फ ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्स र उज्वेकिस्तानबीच हुनेछ ।
प्रतियोगितामा नेपाल र श्रीलंकासहित आयोजक बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र उज्वेकिस्तानले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
Leave a Reply