Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयन लागि साँझ ७ बजेदेखि मतदान

    माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयन लागि साँझ ७ बजेदेखि मतदान

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि बुधबार साँझ ७ बजेदेखि मतदान हुँदै छ । निर्वाचन समितिले प्रदेश १ को पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाएको हो ।

    निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २५९ जनाले मतदान गर्नेछन् । माओवादी केन्द्रको प्रदेश समितिमा ९ जना पदाधिकारी रहने व्यवस्था छ ।



    सहमतिको प्रयासका नाममा १२ दिनसम्म चुनाव नगरी बसेको माओवादीले चुनाव र मतगणना तथा शपथग्रहणसमेत बुधबार (आजै) गर्ने भएको छ ।



    सर्वसम्मत गर्ने प्रयास असफल भएपछि मतदानबाट टुंग्याउनका लागि मतदानको सम्पूर्ण तयारी थालिएको निर्वाचन समितिका संयोजक राजन किरातिले बताए ।

    निर्वाचन समितिले शपथ ग्रहण राति ११ः३० बजेका लागि तोकेको छ । अध्यक्ष पदमा हर्कबहादुर लावती र मोक्साहाङ मेन्याङ्बो मुख्य दाबेदार देखिएका छन् । उनीहरुबीच सहमति नभएपछि मतादानबाट नेतृत्व टुगाउन लागिएको हो । गत २५ मंसिरदेखि अधिवेशन सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार