Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • कांग्रेस प्रदेश-२: दुई पक्षीय कार्यकर्ताबीच मुक्का हानाहान, केही घाइते

    कांग्रेस प्रदेश-२: दुई पक्षीय कार्यकर्ताबीच मुक्का हानाहान, केही घाइते

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 2.2K
    SHARES

    जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश-२ को अधिवेशनका क्रममा बुधबार कार्यकर्ताहरूबीच मुक्का हानहान भएको छ ।

    बुधबार साँझ मतदानस्थल गोपाल धर्मशालामा सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच मुक्का हानाहान भएको हो ।



    जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार रामकृष्ण यादवले आज नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले भोलीका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद भएको हो ।



    स्रोतका अनुसार मुक्का हानाहानबाट कांग्रेसका केही कार्यकर्ता घाइते समेत भएका छन् ।

    यसअघि अधिवेशनको मंसिर १६ गते नै उद्घाटन भएपनि सर्लाहीसहित केही जिल्लाबाट प्रतिनिधि छनोट नभएकाले निर्वाचन कार्यक्रम स्थगित भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार