Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउनकाे समय सीमा एक साता बढ्ने निश्चित

    लकडाउनकाे समय सीमा एक साता बढ्ने निश्चित

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ — मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लकडाउन एक हप्ता बढाउने सिफारिस गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार (आज) बिहानको बैठकले लकडाउनको मोडालिटी बारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो ।

    कार्यदलले समितिलाई नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता लम्ब्याउन सिफारिस गरेको हो।



    उच्चस्तरीय समितिले बनाएको क्राइसिस म्यानेजमेन्ट कमिटी अन्तर्गतको यो कार्दलमा विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुख छन्। शनिबार बिहानको समितिको बैठकले पनि जोमिखमुक्त नभएको भन्दै लकडाउन खुकुलो बनाउन नहुने निष्कर्ष निकालेको थियो। समितिले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा जारी प्रतिबन्ध जेठ २ गतेसम्म पुर्‍याउने निर्णय पनि गरिसकेको छ।



    केही हिमाली जिल्ला र संक्रमणको जोखिम नभएका स्थानमा भने लकडाउन खुकुलो बनाउने प्रस्तावमा पनि छलफल भइरहेको छ । काठमाडौं र पोखराजस्ता संक्रमणका केसहरु नदेखिएका आर्थिक गतिविधिका केन्द्रमा पनि क्षेत्रगत रुपमा खुकुलो बनाउने प्रस्ताव पनि आएको समितिका एक सदस्यले बताए । वैशाख १५ गतेबाट सकिने लकडाउन बढाउने वा खुकुलो बनाउनेबारे अन्तिम निर्णय मन्त्रिपरिषद्‍ले गर्नेछ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार