Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • मेयरमाथि कुटपिट

    मेयरमाथि कुटपिट

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 2.1K
    SHARES

    फाइल : तस्बिर

    जाजरकोट। जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलाई हातपात गरिएको छ । नेकपाका नेता एवम् नगरप्रमुख घर्ती माथि शनिबार बिहान सत्तारुढ नेकपाकै युवा दस्ता युवा संघ नेपालका जिल्ला संयोजक दिपेन्द्र शाही सहितको एक समूहले मुक्का प्रहार गरेको हो ।

    जिल्लाको भेरी नगरपालिका वडा नम्वर १० को फेराखोला स्थित भेरी किनारमा उक्त समुहले हातपात गरेको नेकपा जाजरकोटले जनाएको छ । सत्तारुढ नेकपाका कार्यकर्ता एवम् साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उनको मलामी गएका नगरप्रमुख घर्तीलाई हातपात गरिएको नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले बताए । शाहीको समुहले गरेको मुक्का प्रहारबाट मेयर घर्तीको आँखा र मुखमा चोट लागेको अध्यक्ष रानाले बताए ।



    नगर प्रमुख घर्ती पूर्वएमाले जाजरकोटका सचिव र अहिले नेकपाको कर्णाली प्रदेश समिति सदस्य हुन् । युवा संघका संयोजक शाही पूर्व एमाले निकट युवा संघ नेपाल जाजरकोटका पूर्वअध्यक्ष हुन् । शाहीले गाउँमा योजना पार्दा नगर प्रमुख शाहीले पक्षपात गरेको भन्दै गुनासो गर्ने क्रममा भएको विवादमा मेयर घर्तीमाथि हातपात भएको एक प्रत्यक्षदर्शीले बताए ।



    योजना दिँदा आफूहरुले नपाएको र आफूहरु माथि अन्याय भएको गुनासो गर्ने क्रममा विवाद भएको उनले बताए ।

    मेयर घर्तीलाई आक्रमण गर्नेको खोजी भइरहेको जाजरकोट प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले बताए । उनले घटनाबारे यथार्थ बुझ्न नगरप्रमुख घर्तीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको बताए । ‘मेयर सावले फोन उठाउनु भएन । घटनाबारे यथार्थ जानकारी अझै आइसकेको छैन ।’ अन्नपुर्ण पाेष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार