Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस खुला मधेसीतर्फको केन्द्रीय सदस्यमा अर्वपति चौधरीलाई पछि पार्दै चौरासियाले ल्याए सर्वाधिक मत

    कांग्रेस खुला मधेसीतर्फको केन्द्रीय सदस्यमा अर्वपति चौधरीलाई पछि पार्दै चौरासियाले ल्याए सर्वाधिक मत

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको खुला मधेसीतर्फको केन्द्रीय सदस्यमा पाँच जना निर्वाचित भएका छन् ।

    मंगलबार दिउँसो सम्पन्न मतगणनामा २,५२२ मतसहित पार्टीको तराई मधेश समन्वय विभाग प्रमुख तथा पूर्वमन्त्री अजय चौरासिया अग्रस्थानमा विजयी भएका छन् ।



    कांग्रेस निर्वाचन समितिका अनुसार ४,६६७ मत खसेकोमा अजयले अर्बपति उद्योगपति विनोद चौधरीलाई पनि उछिनेर सर्वाधिक मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका सांसद चौधरीले २२०६ मत प्राप्त गरे।



    यस्तै, तेस्रोमा चन्द्रमोहन यादवले २,१३८, महेन्द्र कुमार यादवले १,९८४ र पाँचौंमा दिनेश कुमार यादवले १,९५९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

    खुला मधेसीतर्फ पाँच जना केन्द्रीय सदस्यका लागि २३ जना प्रतिस्पर्धामा रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार