Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • दमकको उत्तरी क्षेत्र सिल गरियो, सुरक्षा सर्तकता उच्च

    दमकको उत्तरी क्षेत्र सिल गरियो, सुरक्षा सर्तकता उच्च

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 2.3K
    SHARES

    झापा । झापाको दमक नगरपालिकाले वडा नम्बर ३ लगायत उत्तरी क्षेत्र शुक्रबार रातिदेखि पूर्णरुपमा सिल गरेको छ। वडा नम्बर ३ का ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले उक्त वडा लगायत उत्तरी क्षेत्र पूर्णरुपमा सिल गरेको हाे।

    भाइरस संक्रमणको परीक्षण गर्नुपर्ने भएकाले जनप्रतिनिधि, प्रशासन र स्वास्थ्यकर्मीको शुक्रबार राति बसेको आकस्मिक बैठकले दमकका केही क्षेत्र सिल गर्ने निर्णय गरेको हो। शनिबार बिहानैदेखि नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी–१ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजर्मासम्म, पूर्वमा हिमालय माविदेखि बेलडाँगी–१ सम्म र पश्चिममा मावा खोलासम्मको क्षेत्र सिल गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी बिजयराज पण्डितले जानकारी दिए।



    उनका अनुसार नगरपालिका र प्रशासनको पहलमा दमकको उत्तरी क्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरलाई शुक्रबारदेखि नै सिल गरिएको छ। शिविरभित्र आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको छ। ती व्यक्तिलाई कोरोना पेजिटिभ रहेको शुक्रबार पुष्टि भएको थियो। वडालाई वृद्धको पीसीआर टेष्ट गर्न पठाएदेखि नै सिल गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष नवीन बरालले बताए। उनले भने, ‘रातिदेखि नै माइकिङ गर्दै हिडेका छौँ। शनिबार बिहानबाटसंक्रमित वृद्धको घरमा आवतजावत गर्ने व्यक्तिहरुको खोजी गर्दैछौँ।’



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार