Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अपाङ्गतातर्फको कांग्रेस केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित

    अपाङ्गतातर्फको कांग्रेस केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य अपाङ्गता भएका (खुला) एक पदमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्।

    महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको निर्वाचनमा कूल एक हजार ६४० मतका साथ श्रेष्ठ विजयी भएको  कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।



    समितिका अनुसार अपाङ्गतातर्फ १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । प्राप्त मतपरिणामा उदयबहादुर लिम्बूले २३२, कुमार कँडेल (गजन)ले १०५, कोपालबहादुर देउवाले २२९, धीरेन्द्रकुमार सिंहले १९८, पुष्करकुमार खड्काले १०२ मत प्राप्त गरेका थिए।



    यसैगरी, प्रकाश पन्थले २३९, बाबुकृष्ण सापकोटाले ८८७, माधवप्रसाद चम्लागाईँले १९८, वसन्तबहादुर भुजेलले १७१ र शिवहरि नेपाल (वैरागी)ले २९० मत प्राप्त गरेको समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार