काठमाडौँ । भोलि संसद बैठक बस्दै छ । प्रतिनिधिसभाको दसौं अधिवेशनको दोस्रो बैठक भोलि (मंगलबार) दिउँसो १ बजेका लागि बोलाइएको हो ।संसद सचिवालयले बैठकमा प्रस्तुत हुने चार वटा कार्यसूची सार्वजनिक गरेको छ ।
सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भएपनि सम्भावित कार्यसूचीमा एमसीसीको परेको छैन।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।
मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।
Leave a Reply