Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • खुला महिलातर्फको मतगणना: १,२६८ मतका साथ डिलाको अग्रता कायमै, यी हुन् टप ९ मा अटाउन सफल नेतृहरु

    खुला महिलातर्फको मतगणना: १,२६८ मतका साथ डिलाको अग्रता कायमै, यी हुन् टप ९ मा अटाउन सफल नेतृहरु

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 957
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको महिला क्लस्टरको मतगणना चलिरहेको छ ।

    कांग्रेस निर्वाचन समितिका अनुसार पार्टी कार्यालय सानेपामा २०६५ मत गणना हुँदा डिला संग्रौला १२६८ मतका साथ अग्र स्थानमै रहेकी छन्।



    त्यस्तै दोस्रो स्थानमा रहेकी पुष्पा भुसालले १,१९६, तेस्रो स्थानकी आरजु राणाले १११६, चौथोमा अम्बिका बस्नेतले ९९८, पांचौंमा ईश्वरी न्यौपानेले ९८५, छैटौंमा सरिता प्रसाईंले ९४९ मत ल्याएकी छिन्।



    यसैगरी, सातौंमा रमा कोइरालाले ८१३, आठौंमा सुशीला ढकालले ७९४,  नवौंमा रंगमती शाहीले ७८० र दशौंमा अनिता देवकोटाले ७७४ मत पाएका छन् ।

    महिला क्लस्टरमा ९ केन्द्रीय सदस्यका लागि ३० जनाबीच प्रतिस्पर्धा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार