Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • केपी ओलीले देशलाई अधिनायकवादतर्फ धकेल्न खोजे: संचारमन्त्री कार्की

    केपी ओलीले देशलाई अधिनायकवादतर्फ धकेल्न खोजे: संचारमन्त्री कार्की

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नवनिर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अधिनायकवादतर्फ धकेल्न खोजेको बताएका छन् ।

    नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन समाजवादी प्रेस संगठनले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर संविधानलाई असफल बनाउने खेल खेलेको बताए।



    कार्यक्रममा कार्कीले भने, ‘संविधानले परिकल्पना नगरेको र भावना तथा इच्छा विपरित प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई अन्ध्यारो सुरुङतर्फ ढकेल्ने प्रयास भएको थियो । त्यसको विरुद्धमा जे जति आन्दोलन भए । नेपाली जनतालाई एकजुट भए अधिनायकतर्फ धकेल्ने प्रयास गरेका थिए ।’



    यस्तै, (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नकै लागि भएपनि अहिलेको गठबन्धनलाई चुनावसम्म निरन्तर रुपमा लैजानु पर्ने बताए ।

    कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले अहिलेको गठबन्धनलाई भत्काउने खोजिएको भन्दै त्यसैले सचेत रहेन आग्रह गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार