Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २०८ पुग्यो

    फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २०८ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी । फिलिपिन्समा यसवर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको सङ्ख्या २०८ पुगेको छ । योसँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पु¥याउने प्रयासहरू बढ्दै गएको छ । हालैका वर्षहरुमा फिलिपिन्स आएको घातक आँधी मध्ये एक भएको जनाइएको छ ।

    राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रलाई तहसनहस पारेपछि कम्तीमा २३९ जना घाइते भएका र ५२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस आँधीको कारण यस क्षेत्रका ३००,००० भन्दाबढी मानिस आफ्नो घर र समुद्र तटको रिसोर्ट छोडेर भागेका थिए ।



    आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उडाएको छ । बिजुलीका पोल ढलेका छन् र गाउँ बाढीमा परेका छन् । राईले गत बिहीबार प्रतिघण्टा १९५ किलोमिटर (१२० माइल) गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो ।



    सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौँ सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन् । खाना, पानी र चिकित्सा आपूर्ति बोकेका नौसेनाका जहाजहरू प्रभावित क्षेत्रतर्फ पठाइँदै छन् । परोपकारी र आपत्कालीन सेवाहरूले चन्दाका लागि अपिल गरेका छन् ।

    सन् २०१३ मा आएको हाइयान नामक आँधी यस देशको इतिहार घातक रहेको यसमा परी सात हजार ३०० व्यक्तिको मृत्यु वा बेपत्ता भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार