Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • विद्यार्थीको मृत्यु प्रकरण: स्थानीय र विद्यार्थीद्वारा प्रदर्शन

    विद्यार्थीको मृत्यु प्रकरण: स्थानीय र विद्यार्थीद्वारा प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 1.3K
    SHARES

    सर्लाही  । सर्लाहीमा ट्रकको ठक्करबाट विद्यार्थीको मृत्युको विरोधमा स्थानीय र विद्यार्थीहरु प्रदर्शन गरिरहेका छन् ।

    सोमबार पूर्व–पश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका वडा नम्वर ९, मा ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका वडा नम्वर १ रतनपुर निवासी १६ वर्षीय दीपेन्द्र यादवको मृत्यु भएको हो । ट्यूसन पढ्न हिँडेका यादवलाई ना. ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ ।



    उनी लालबन्दी नगरपालिकास्थित जनज्योति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए । बालकको शव जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ ।



    घटनालगत्तै स्थानीय र विद्यार्थीको समूहले टायर बालेर सडक अवरूद्ध गरेका छन् । प्रदर्शनकारीलाई सम्झाइ–बुझाइ गरेर सडक खुलाइएको सर्लाही प्रहरीले जनाएको छ।

    घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यलय लालबन्दीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार