Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • प्रधानमन्त्रीका प्रेस सल्लाहकारकाे नामबाट नक्कली फेसबुक आइडी

    प्रधानमन्त्रीका प्रेस सल्लाहकारकाे नामबाट नक्कली फेसबुक आइडी

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाकाे नामबाट नक्कली फेसबुक आइडी बनाएर कसैले चलाइरहेकाे फेला परेकाे छ। जसकारण थापाले प्रहरीको साइबर अनुसन्धान ब्यूरोमा उजुरी समेत दिएका छन् ।

    थापाले फेसबुकमा नक्कली आइडी बनाएर ‘कसैले बदनाम गर्न खोजेको’ भन्दै अनुसन्धान गरी दोषीलाई कारबाही गर्न ब्यूराेमा उजुरी दिएकाे बताए। ‘मेरो नक्कली आइडी बनाएर कसैले बदनाम गर्ने प्रयास गरिरहेको छ । मैले साइबर अपराध ब्यूराेलाई खबर गरेको छु’, थापाले भने ।



    सूर्य थापा नामको आइडीबाट माओवादी कार्यकर्ता विष्णु बूढाथोकीलाई धम्की दिइएको च्याटको स्क्रीनसट अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । धेरैले उक्त ‘कन्भरसेसन’लाई लिएर थापाको आलोचना गरिरहेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार