Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बालुवाटारमा शीर्ष पाँच दलका नेताहरुबीच छलफल

    बालुवाटारमा शीर्ष पाँच दलका नेताहरुबीच छलफल

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 2.6K
    SHARES

    फाइल तस्विर फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सतारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ ।

    चार बजे बोलाइएको सर्वदलीय बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो ।



    गठबन्धनले सर्वदलीय बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन बैठक बसेको नेताहरुले बताएका छन् ।



    संसदको गतिरोध हटाउन र एमसीसी लगायत राष्ट्रिय मुद्दामा सहमति तथा साझा धारणा तय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ४ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।

    बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार