Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • कोरोनाकाे कहर : इटालीमा १५० डाक्टरको मृत्यु, २० हजारबढी स्वास्थ्यकर्मी संक्रमित

    कोरोनाकाे कहर : इटालीमा १५० डाक्टरको मृत्यु, २० हजारबढी स्वास्थ्यकर्मी संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 1.3K
    SHARES

    काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट इटालीमा अहिलेसम्म २५ हजार ९६९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १ लाख ९२ हजारभन्दा धेरै छ ।

    संक्रमित र ज्यान गुमाउने १० प्रतिशत स्वास्थ्यकर्मी छन् । त्यसमध्ये १५० जना विशेषज्ञ चिकित्सकले ज्यान गुमाएका सीएनएनले उल्लेख गरेको छ । संक्रमितमध्ये झण्डै २० हजार स्वास्थ्यकर्मी रहेका छन् ।



    इटालीको स्वास्थ्य स्याहार समूह (एएनएएओ)ले सरकारले स्वास्थ्य प्रणाली बचाउन प्रभावकारी कदम नचालेको भन्दै आलोचना गरेको छ ।



    सरकारले स्वास्थ्य स्याहार क्षेत्रलाई बचाउन २५ अर्ब युरो प्रदान गर्ने घोषणा गरेको डेलीमेलले जनाएको छ । इटाली अमेरिकापछि धेरै मानिसको मृत्यु हुने मुलुक हो ।

    सुरुवाती चरणमा पर्याप्त ज्ञानको अभावले गर्दा स्वास्थ्यकर्मी नै संक्रमणमा परेका हुन् । पछिल्ला केहीदिनमा इटालीमा मृत्यु र संक्रमणमा कमी आएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार