Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • आन्तरिक उडान खोल्ने तयारीमा सरकार

    आन्तरिक उडान खोल्ने तयारीमा सरकार

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । राजधानी काठमाडौंको लकडाउनलाई केही खुकुलो बनाउने सरकारले संकेत गरेको छ । जसकाे लागि सरकारले वैशाख १५ पछि आन्तरिक उडान खुलाउन छलफल समेत शुरु गरेको छ । सरकारले लकडाउनको ढाँचा परिवर्तन गर्ने गृहकार्य शुरुगरेसँगै आन्तरिक उडानलाई खुलाउन लागेको हो ।

    लकडाउनदेखि आन्तरिक उडान बन्द गरिएको थियो । लकडाउन खुकुलो भए पनि अन्तर्राष्ट्रिय उडानको प्रतिवन्ध कायमै रहने बताइएको छ । नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले पनि तत्कालै अन्तर्राष्ट्रिय उडान खुल्ने अवस्था नरहेको जनाएको छ । मुलुकको आन्तरिक उडान भने निश्चित मापदण्डका आधारमा सञ्चालन गरिने बताइएको छ ।



    प्राधिकरणका आन्तरिक उडान खुलाउनेबारे वायुसेवा सञ्चालक लगायत सरोकारवालासँग छलफल चलिरहेको तर कसरी र कुन मितिदेखि उडान सञ्चालन गर्ने भन्नेबारे कुनै निष्कर्षमा पुगिनसकेको बताए । छिमेकी मुलुक भारतमा पनि लकडाउन चलिरहेको र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध गरिएको अवस्थामा नेपालले पनि तत्काल उडान सञ्चालन गर्ने अवस्था नरहेको अधिकारीको बुझाइ छ ।



    भारतीय एयर इण्डियालगायत एयरलाइन्सहरुले मे ४ देखि आन्तरिक र जुन १ देखि अन्तर्राष्ट्रिय उडानका लागि टिकट बुकिङ खुलाउने निर्णय गरे पनि त्यहाँको ‘मिनिष्ट्री अफ सिभिल एभिएशन’ ले जुलाइ महिनासम्म बुकिङ नखुलाउन निर्देशन दिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार