Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस खुला केन्द्रीय सदस्यमा १५८९ मत गन्दा कसको मत कति ?

    कांग्रेस खुला केन्द्रीय सदस्यमा १५८९ मत गन्दा कसको मत कति ?

    अनलाइन नेपाल
  • शनिबार, ३ पुष २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसको १४औँमहाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्यको मतगणना जारी छ।काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् ।

    शनिबार बिहान १०:३० बजेदेखि खुला केन्द्रीय सदस्यमा मतगणना भइरहेको छ । खुल्ला केन्द्रीय सदस्यमा १५८९ मत गन्दा शशांक कोइरालाले १३१३ मत प्राप्त गरेका छन् ।



    उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीनवटै प्यानलमा थिए । १०२२ सहित एनपी साउदले दोस्रो मत प्राप्त गरेका छन् भने बालकृष्ण खाण ९७५ मतसहित तेश्रो स्थानमा रहेका छन् । त्यस्तै रमेश लेखक ९६९ मतसहित चौथो स्थानमा रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार