Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • औषधी नखाइ १९ वर्षिय युवतिले काेराेना जितिन्

    औषधी नखाइ १९ वर्षिय युवतिले काेराेना जितिन्

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 1.7K
    SHARES

    बागलुङ । धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ बर्षिय युवतीको छैठौं पटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ । याे रिपाेर्टपछि उनलाई निको भएको अस्पतालले जनाएको छ ।

    लगातार दुई पटक (पाँचौ र छैठौं) रिपोर्ट नेगेटिभ आएपछि कोरोना संक्रमण सकिएको र निको भएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए । उनलाई अाजै डिस्चार्ज गर्ने तयारि भैरहेकाे छ ।



    बिहिबार पाँचौ रिपोर्ट नेगेटिभ आएसँगै छैठौं पटक शुक्रबार स्वाब परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । उक्त परीक्षणको रिपोर्ट नेगेटिभ आएको सूचना अधिकारी गौतमले जानकारी दिए । चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आएकी उनलाई चैत १५ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।



    उनकाे अवस्था सामान्य रहेकाले आजै डिस्चार्ज गर्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र वि. पोखरेलले बताए । उनले अस्पतालबाट डिस्चार्ज भएपनि २ हप्ता होम क्वारेन्टाइनमै बस्नुपर्ने छ। यससँगै कोरोना पोजेटिभ भएर अस्पतालमा उपचाररत दुवै जना घर फर्किएका छन् । यस अगाडी ती युवतीसँगै बेल्जियमबाट आएकी बानपा–३ गौडाकोटकी ६५ बर्षिय मनकुमारी पौडेलले कोरोनालाई जितेर ६ बैशाखमा घर फर्किएकी छिन् ।

    चैत्र १५ गतेदेखि अस्पतालकाे आईसाेलेसन वार्डमा रहेकि युवतिले टेलिफाेनमा कुरा गर्दै काेराेना जित्नुमा आत्मविश्वास, धैरेयता र सन्तुलित खाना भएकाे बताईन । मेलै धेरै ताताे पानी खाए, अरू औषधी केही थिएन उनले भनिन आत्मबल नै औषधी रहेछ । राजधानी दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार