काठमाडौं । नेपाली कांग्रेस खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित भएका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार शुक्रबार सम्पन्न मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएका हुन् ।
बिजयी किशोरसिंह सभापति शेरबहादुर देउवा पक्षका हुन् भने देवराजले शेखर कोइरालाको प्यानलबाट उम्मेदवारी दिएका थिए ।
यसअघि आजै सम्पन्न मुस्लिमतर्फको सहमहामन्त्रीमा पनि देउवा पक्षकै फरमुल्लाह मन्सुर निर्वाचित भएका थिए । उनले कोइराला पक्षका शेख वकिललाई करिब १ हजार मतले जितेका थिए।
अहिले थारू, मधेसी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ ।
Leave a Reply