Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ‘४० प्रतिशत मतले भावविभोर भएको छु, कांग्रेस रूपान्तरणको एजेन्डामा क्रियाशील रहन्छु’

    ‘४० प्रतिशत मतले भावविभोर भएको छु, कांग्रेस रूपान्तरणको एजेन्डामा क्रियाशील रहन्छु’

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले आफू भावविभोर भएको बताएका छन् ।

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेता कोइरालाले कांग्रेस परिवर्तनको पक्षमा उभिने मतपरिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख समेत गरेका छन्।



    सभापतिमा निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामना दिँदै कोइरालाले देउवाको सभापतिको दोस्रो कार्यकालमा कांग्रेसको गौरव पुनर्स्थापित हुने विश्वास पनि व्यक्त गरेका छन् ।



    सभापतिको निर्वाचनको मतपरिणाम आएको तेस्रो दिनपछि कोइरालाले देउवालाई बधाई दिएका हुन् ।

    यस्तो छ कोइरालाको विज्ञप्ति :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार