Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • मजदुर चढेकाे बस दुर्घटना, एकजनाको मृत्यु

    मजदुर चढेकाे बस दुर्घटना, एकजनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 1.3K
    SHARES

    फाइल : तस्बिर

    काठमाडाैँ। मजदुर चढेकाे बस दुर्घटना भएकाे छ। काठमाडौंबाट मजदुर र विद्यार्थी लिएर उदयपुर आउँदै गरेको बस बर्दिबासमा दुर्घटना भएकाे हाे। दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

    इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार बर्दिबास–३ पाटु भन्ने ठाउँमा बा३ख ४०३६ नम्बरको बस पल्टिएको हाे।



    दुर्घटनामा बसका सह–चालक दोलखाका अन्दाजी २३ वर्षीय बाबुराम विश्वकर्माको मृत्यु भएको हो । घाइते प्रदीप विश्वकर्माको बर्दिबासस्थित सुस्वास्थ्य हस्पिटलमा उपचार गरिएको छ । बसमा ३५ यात्रु थिए । तीमध्ये ३४ जनालाई चौदण्डीगढी नगरपालिकासँगको समन्वय अर्को बसमा हालेर पठाइएको प्रहरी निरीक्षक साहले बताए ।



    तीव्र गतिमा रहेको बस मोड्ने क्रममा दुर्घटना भएको प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएको छ । लकडाउन लम्बिँदै गएपछि समस्यामा परेका मजदुर र विद्यार्थीलाई चौदण्डीगढी नगरपालिकाले उद्धार गरी ल्याएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार