Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सहमहामन्त्री मतगणना : महिलातर्फ डिनाको अग्रता

    सहमहामन्त्री मतगणना : महिलातर्फ डिनाको अग्रता

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ले अग्रता लिएकी छन् । एक हजार मत गणना हुँदा डिनाले ५३७ मत ल्याएकी छन् ।

    उनकी प्रतिद्वन्द्वी कमला पन्तले ४५७ मत ल्याएकी छन् । जुन डिनाभन्दा ८० मतले पछि हो । महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।



    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको हो । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना शुरू भएको हो ।



    दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र शेखर कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार छन् । त्यस्तै गंगा सुनारले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ र शेखर कोइराला प्यानलबाट कमला पन्त उम्मेदवार छिन् । त्यस्तै आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे र शेखर कोइराला प्यानलबाट र विकास लामा उम्मेदवार छन् । अरु ५ सहमहामन्त्री पदको मतगणना भने शुक्रबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार