काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।
रक्षामन्त्री रिजालले प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरवार पुगेर राजीनामा बुझाएका हुन् ।
नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए ।
महामन्त्रीमा हार्ने निश्चित भएपछि उनले राजीनामा बुझाउने बताएका थिए । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।
महामन्त्रीमा डा. रिजालले ८०९ मत पाएका थिए । मत परिणाम अनुसार विजयी भएका गगन थापाले ३०२३ र विश्वप्रकाश शर्माले १९८४ मत ल्याए । त्यसैगरी तेस्रो नम्बरमा डा. प्रकाशशरण महत १५५०, चौथोमा प्रदीप पौडेलले १४०९, पाँचौमा रिजाल पर्दा छैटौमा रहेका डा. राजाराम कार्की १०७ पाए ।
Leave a Reply