Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • महामन्त्रीको ११९५ मत गणना :

    गगनले ७५६ मत पाउँदा विश्व प्रकाशको ४९०, रेसमा पछि परे पौडेल, महत र रिजाल

    गगनले ७५६ मत पाउँदा विश्व प्रकाशको ४९०, रेसमा पछि परे पौडेल, महत र रिजाल

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणामदेखिनै गगन थापाले अग्रता कायमै राखेका छन् भने विश्वप्रकाश शर्माले उनलाई पछ्याइरहेका छन् ।

    ११९५ मत गणनामा सुरूआती गणनाबाटै अग्रतामा रहेका गगन कुमार थापाले ७५६ पाएका छन् भने दोस्रो स्थानमा रहेका विश्वप्रकाशले ४९० मत पाएका छन्।



    तेस्रो स्थानमा रहेका प्रकाशशरण महतले ३८९ मत पाउँदा प्रदिप पौडेल ३६९ मतका साथ चौथो स्थानमा छन् । त्यस्तै मिनेन्द्र रिजाल २२३ र राजाराम कार्कीले ३९ मत पाएका छन् ।



    कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।

    सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।

    यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।

    यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार