Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस उपसभापतिमा २ मतले हारेपछि पुनः मतगणना गर्न गच्छादारको माग

    कांग्रेस उपसभापतिमा २ मतले हारेपछि पुनः मतगणना गर्न गच्छादारको माग

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता विजय गच्छदारले उपसभापति पदको मत पुनः गणना गर्न माग गरेका छन्।

    उपसभापतिमा २ मतले हारेपछि उनले मत परिणामप्रति असहमति जनाएका हुन्। शेरबहादुर देउवा पक्षका उम्मेदवार गच्छदारले शेखर कोइराला प्यानलका उम्मृदवार धनराज गुरुङसँग २ मतले हारेका छन्।



    यसअघि निर्वाचन समितिले देउवा पक्षका पूर्णबहादुर खड्का र कोइराला पक्षका धनराज गुरुङले उपसभापति पदमा विजयी हासिल गरेको कुरा अनौपचारिक रुपमा जानकारी दिए पनि औपचारिक रुपमा घोषणा गरिसकेको छैन।



    शेखर कोइराला प्यानलका धनराज गुरुङ १९०८ मत ल्याएर विजयी भएका छन् । गच्छदारले भने १९०६ मत प्राप्त गरेका छन्। खड्काले २१२१ मत प्राप्त गरेका छन्।

    यसअघि धनराजले पनि सय मत पुनः गणना गराएका थिए। बुधबार उपसभापति पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार