Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस उपसभापति : गच्छदारले धनराजलाई उछिने, एकाएक फेरियो अवस्था

    कांग्रेस उपसभापति : गच्छदारले धनराजलाई उछिने, एकाएक फेरियो अवस्था

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिका लागि भएको चुनावमा पूर्णबहादुर खड्कासँगै विजयकुमार गच्छदारले अग्रता लिएका छन् । सुरुदेखि शीर्ष दुईमा परेका धनराज गुरुङ भने अहिले केही मतले पछाडि परेका छन् ।

    पार्टी कार्यालय, सानेपामा भइरहेको मतगणनामा हालसम्म ३५५८ मत गणना भइसकेको छ । शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार सहेका खड्काले १६३४ मत पाएका छन् भने गच्छदारले १४४३ मत पाएका छन् ।



    डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका धनराज गुरुङले १४३७ र चन्द्र भण्डारीले १२५७ मत पाएका छन् । सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत पाएका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार