Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • १४०० मत गनियो : धनराज अघिअघि, पूर्णबहादुर र चन्द्र पछिपछि, कसको कति मत ?

    १४०० मत गनियो : धनराज अघिअघि, पूर्णबहादुर र चन्द्र पछिपछि, कसको कति मत ?

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदको मतगणना जारी छ। हालसम्म १४०० मत गनिएको छ।

    त्यसमध्ये धनराज गुरुङले ५८८, पुर्ण बहादुर खड्काले ५४४, डा चन्द्र भण्डारीले ५०१ र विजयकुमार गच्छदारले ५०० मत ल्याएका छन्।



    नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्। उनी दोस्रो चरणको मतदानमा प्रतिस्पर्धी शेखर कोइरालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि सभापति बनेका हुन्।



    पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत कटाउन नसकेपछि सभापतिका चयनका लागि दोस्रो चरणमा मतदान भएको थियो। सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई साथ दिएका थिए।

    उपसभापतिको मतगणना सकिएपछि बिहीबार महामन्त्रीको मतगणना हुने निर्वाचन समितिले जानकारी दिएको छ। महामन्त्रीका लागि गगन थापा, मिनेन्द्र रिजाल, प्रदीप पौडेल, प्रकाशशरण महत, विश्वप्रकाश शर्मा र राजाराम कार्कीबीच प्रतिस्पर्धा भएको छ।

    कांग्रेस महामन्त्रीको प्रतिस्पर्धालाई अझै रोचक रुपमा हेरिएको छ। कांग्रेस महामन्त्री रेसमा रहेका युवा नेताहरु पछिल्ला समय चर्चामा रहेका नेताहरु हुन्। कांग्रेसलाई गति दिन सक्ने नेताका रुपमा आशा गरिएका उनीहरुको महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक नै हुनेछ।

    रिजाल र थापाले कोइराला समूहबाट उम्मेदवारी दिएका थिए। तर उनीहरुको प्यानलले सभापतिमा हारिसकेको छ। यस्तोमा प्यानलगत रुपमा थापा र रिजाल स्वतः कमजोर देखिइसकेका छन्। पौडेल सिटौला समूहका भए पनि देउवासँग कुरो मिलेपछि महतसँगै संस्थापन समूहको महामन्त्रीका उम्मेदवार बनेका हुन्। सभापतिका देउवाको जित भएसँगै उनीहरु हौसिएका छन्।

    त्यस्तै कार्कीले भने निधिकाके प्यानलबाट उम्मेदवारी दिएका थिए। उनी प्रतिस्पर्धामा आउने सम्भावना न्यून देखिएको छ। शर्माले संस्थापन समूह नअटाएपछि अन्तिम समयमा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका थिए। उनी महामन्त्रीका बलिया उम्मेदवार हुन्।

    महामन्त्रीमा कार्कीबाहेकका नेताबीच कडा प्रतिस्पर्धा हुने सहज अनुमान गर्न सकिन्छ। कांग्रेसमा महाधिवेशन प्रतिनिधिले व्यक्ति छान्ने गरी विवेक भने कमै प्रयोग गर्ने गरेको पाइन्छ। यसकारण गुटगतरुपमा भोट खसेको अवस्थामा महत र पौडेलको सम्भावना बढेको देखिन्छ।

    व्यक्तिगत रुपमा गगन र विश्वप्रकाश अन्य नेताको तुलनामा बडी चर्चामा छन्। भोट माग्दै गर्दा पनि २ कांग्रेसजनमा दुई नेताको लोकप्रियता राम्रैसँग झल्किएको थियो। यसकारण प्रतिनिधिले व्यक्ति छान्ने गरी विवेक प्रयोग गरेको अवस्थामा यी दुईको सम्भावना बलियो छ। गुटगत रुपमा भने शर्मा निकै कमजोर देखिएका छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार