Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • १२०० मत गन्दा गुरुङ अगाडि लागे, पूर्णबहादुर पछिपछि

    १२०० मत गन्दा गुरुङ अगाडि लागे, पूर्णबहादुर पछिपछि

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।

    १२०० मत गन्दा धनराज गुरुङले ५०२ र पूर्णबहादुर खड्काले ४९० मत पाएका छन् । त्यस्तै विजयकुमार गच्छदारले ४८५ र चन्द्र भण्डारीले ४५० मत पाएका छन् । कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।



    नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्। उनी दोस्रो चरणको मतदानमा प्रतिस्पर्धी शेखर कोइरालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि सभापति बनेका हुन्।



    पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत कटाउन नसकेपछि सभापतिका चयनका लागि दोस्रो चरणमा मतदान भएको थियो। सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई साथ दिएका थिए।

    उपसभापतिको मतगणना सकिएपछि बिहीबार महामन्त्रीको मतगणना हुने निर्वाचन समितिले जानकारी दिएको छ। महामन्त्रीका लागि गगन थापा, मिनेन्द्र रिजाल, प्रदीप पौडेल, प्रकाशशरण महत, विश्वप्रकाश शर्मा र राजाराम कार्कीबीच प्रतिस्पर्धा भएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार