Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस उपसभापतिको मतगणना जारी : कहिलेसम्म आउँछ मतपरिणाम ?

    कांग्रेस उपसभापतिको मतगणना जारी : कहिलेसम्म आउँछ मतपरिणाम ?

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ ।

    १४ औं महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा केही बेरअघि मतगणना सुरू भएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। घिमिरेकाअनुसार आज उपसभापतिका उम्मेदवारको मात्रै मत गणना हुनेछ ।



    ‘आज हामी उपसभापतिकोमात्रै मतगणना गर्छौं। राति दस बजेसम्म सकिन्छ कि भन्नेछ,’ घिमिरेले भने,‘महामन्त्रीको भोलिमात्रै गन्न थाल्छौं।’ महामन्त्रीको मत परिणाम आएपछि सहमहामन्त्री र केन्द्रीय सदस्यको मत गणना हुने उनले जानकारी दिए।



    कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्येश्वरी शाह उम्मेदवार छन् ।

    त्यस्तै महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् । कांग्रेस विधानअनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुन्छन्।

    कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार मतदान भएको थियो । ४ हजार ६ सय ७९ मत खसेको छ । कांग्रेसले पदाधिकारीसहित १३४ पदमा निर्वाचन गरेको हो । सबै मतपत्र पार्टी कार्यालय सानेपामा राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार