Online Nepal
  • बुधबार, १० पुष २०८१
  • टेस्लामा कार्यरत ६ युवतीले कम्पनीविरुद्ध हाले मुद्दा, यौन दुर्व्यवहार गरेको आरोप

    टेस्लामा कार्यरत ६ युवतीले कम्पनीविरुद्ध हाले मुद्दा, यौन दुर्व्यवहार गरेको आरोप

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । विद्युतीय कार निर्माता कम्पनी टेस्ला इन्कमा कार्यरत ६ जना महिला कर्मचारीहरुले कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् ।

    आफूहरुमाथि यौन दुर्व्यवहार भएको भन्दै उनीहरुले मुद्दा दायर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छनन् । आफूमाथि अस्भाविक स्पर्श गरेको, होहल्ला गरेको र गुनासो गर्नेलाई बदला लिएको महिला उनीहरुको आरोप छ ।



    ‘सानफ्रान्सिस्कोको मुटुमा रहेको टेस्ला उद्योग अग्रणी कम्पनीभन्दा पनि एउटा कच्चा र पुरानो निर्माण क्षेत्रजस्तो देखिन्छ’–६ जनामध्ये एक जनाको उजुरीमा भनिएको छ ।



    क्यालिफोर्नियाको एउटा अदालतमा दायर गरिएका ६ अलगअलग उजुरीमा सहकर्मी र सुपरिवेक्षकहरुले महिलासँग यौन प्रस्ताव गरेको, उनीहरुको शरीरबारे ग्राफिकल टिप्पणी गरेको र अनुचित ढंगले स्पर्श गरेको आरोप लगाइएको छ ।

    उजुरी गर्ने पाँच जनामध्ये चार जना क्यालिफोर्नियाको फ्रिमोन्ट फ्यासिलिटी र एक जना सर्भिस सेन्टरमा कार्यरत रहेको जनाइएको छ ।

    कम्पनीमा काम गरेको केही दिनपछि आफूविरुद्ध अश्लिल टिप्पणी गरिएको उजुरी गर्नेमध्येकी एक १८ वर्षीया युवतीले गुनासो गरेकी छिन् । – एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार