Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस सभापतिको अन्तिम परिणाम सार्वजनिक

    कांग्रेस सभापतिको अन्तिम परिणाम सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको दोस्रो चरणको मतदानको अन्तिम परिणाम सार्वजनिक भएको छ।

    मंगलबार भएको मतदानबाट सभापतिमा शेरबहादुर देउवाले २ हजार ७३३ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।



    दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८५५ मत ल्याए । ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।



    सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिका उम्मेदवारहरूले ५० प्रतिशत कटाउन नसक्दा दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाको प्रतिस्पर्धा थियो ।

    मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशनमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पहिलो चरणमा सभापति लडेका थिए । पछि कम मत ल्याउने तीनै जनाले देउवालाई समर्थन गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार