Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोइरालालाई भारी मतअन्तरले पराजित गर्दै देउवा कांग्रेस सभापतिमा निर्वाचित

    कोइरालालाई भारी मतअन्तरले पराजित गर्दै देउवा कांग्रेस सभापतिमा निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.7K
    SHARES

    काठमाडौं। नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रो पटक निर्वाचित बनेका छन्  । डा.शेखर कोइरालालाई भारी मतअन्तरले पराजित गर्दै देउवा निर्वाचित भएका हुन  ।
    १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रोपटक भएको निर्वाचनमा खसेको चार हजार ६ सय २३ मतमध्ये देउवाले दुई हजार सात सय ३३ मत ल्याएर विजयी भएका हुन् ।

    प्रतिस्पर्धी शेखर कोइरालाले जम्मा १८५५ मत ल्याए । त्यस्तै ३५ मत भने बदर भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले खसेको मतको पचास प्रतिशतभन्दा बढी ल्याउन नसकेपछि पहिलो र दोस्रो भएका देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो ।



    पहिलो चरणमा तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रोचरणमा देउवालाई समर्थन गरेका थिए । पहिला देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२ मत ल्याएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार