Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भारतमा नेपाली युवामा कोरोना संक्रमण पुष्टि हुँदा बर्दियाका २ वटा गाउँ शिल

    भारतमा नेपाली युवामा कोरोना संक्रमण पुष्टि हुँदा बर्दियाका २ वटा गाउँ शिल

    अनलाइन नेपाल
  • शुक्रबार, १२ बैशाख २०७७
  • 1.9K
    SHARES

    बर्दिया । भारतमा नेपाली युवामा कोरोना संक्रमण पुष्टि हुँदा बर्दियाका २ वटा गाउँ शिल गरिएकाे छ। कोरोना संक्रमित व्यक्ति रहेको आशंकामा बर्दियाको ठाकुरबाबा नगरपालिका–२ को सुजनपुर र खुलपुर गाउँलाई पूर्णरुपले शिल गरिएको हाे।

    ठाकुरबाबा नगरपालिकाका अनुसार नेपाल भारतको सीमामा पर्ने बर्दिया जिल्लासँग जोडिएको भारतको बहराइचमा बिहीबार कोरोना संक्रमण पुष्टि भएका सुजनपुरका एक युवाको भाई केही दिन अघि भारतबाटै घर आएको थाहा भएपछि शुक्रबारदेखि उक्त दुई गाउँ शिल गरिएको हाे।



    बुधबार भारतको बहराइचमा क्वारेन्टाइनमा रहेका मध्ये कोरोना पुष्टि भएका जना नेपाली ठाकुरबाबा २ सुजनपुरका हुन् । कोरोना संक्रमित व्यक्ति र उनका भाइ भारतको कानपुरमा काम गर्थे। भारतको बहराइचमा बिहीवार कोरोना संक्रमण पुष्टि भएका एकजना नेपाली बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ सुजनपुर गाउँका रहेको र उनीसँगै कानपुरमा रहेका भाइ हाल गाउँमा रहेको पाइएकाले कोरोना संक्रमणको संवेशनशीलतालाई मध्यनजर गरी हाल २ वटा गाउँ लक गरिएको नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए ।



    शुक्रबार विहानैदेखि बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका मुख्य बजार, चोक र गाउँमा नेपाली सेनाले गस्ती गरिरहेको छ । कोरोना संक्रमण पुष्टि भएका युवा भारतको कानपुरबाट घर आउने क्रममा बहराइचको क्वारेन्टाईनमा रहेका थिए । कोरोना पोजेटिभ पुष्टि भएका व्यक्तिका भाइको शुक्रबार आरडिटी परिक्षण गरिएको छ । भने कोरोना जाँचका लागि स्वाब भेरी अस्पताल नेपालगंज पठाइएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार