Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • २६ सय ७७ मत गनियो : देउवाले पाए १२६५ मत, अन्यले कति ?

    २६ सय ७७ मत गनियो : देउवाले पाए १२६५ मत, अन्यले कति ?

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 801
    SHARES

    काठमाडौं । कांग्रेस सभापति पदको मतगणनामा जारी छ। हालसम्म पनि शेरबहादुर देउवाले अग्रता कायम राखेका छन्।

    अहिलेसम्म २६७७ मत गनिसक्दा देउवाले १२६५ मत पाएका छन्। त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ९८० र प्रकाशमान सिंहले २०७ मत प्राप्त गरेका छन्।



    त्यस्तै विमलेन्द्र निधिले १९५ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १२ मत मात्र प्राप्त भएको छ।



    सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार