काठमाडौं । मिस युनिभर्स–२०२१ को ताज भारतीय सुन्दरी हरनाज कौर सन्धुले जितेकी छन् ।
७० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज जितेकी हुन् ।सोमबार इजरायलको इएलाटमा आयोजित ७०औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धुले ताज जितेकी हुन् ।
सन्धु भारतको पञ्जाबस्थित चण्डीगढकी बासिन्दा हुन् । २१ वर्षीया सन्धु मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन् ।
योसँगै भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको छ । यसअघि सन् १९९४ मा सुस्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए ।
Leave a Reply