Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कोरोना संक्रमित थुपारिएको भन्दै वीरगञ्‍जमा सरकारको विरोध

    कोरोना संक्रमित थुपारिएको भन्दै वीरगञ्‍जमा सरकारको विरोध

    अनलाइन नेपाल
  • शुक्रबार, १२ बैशाख २०७७
  • 2K
    SHARES

    वीरगञ्‍ज। अस्पतालमा वीरगञ्‍जका तीन र रौतहटका एक गरि कोरोनाका संक्रमित पाँच बिरामी पुगेका छन्। वीरगञ्‍जमा कोरोनाको परिक्षणका लागि कुनै पहल नगर्ने तर प्रदेश २ मा भेटिइरहेका संक्रमितहरुलाई ल्याएर थुपार्ने काम मात्रै भइरहेको भन्दै प्रदेश सरकारको चर्को आलोचना भइरहेको छ।

    शुक्रबार वीरगञ्‍जमा नेविसंघले लकडाउनमै सडक उत्रिएर सरकारको विरोधमा प्रदर्शन पनि गरेको छ। यसअघि बिहीबार पनि जनता समाजवादी पार्टीले पनि छपकैयामा सामाजिक दुरी राख्दै प्रदर्शन गरेको थियो।



    वीरगञ्‍जमा एकै दिन तीन कोरोनाका संक्रमित भेटिएपछि सरकारले बैशाख ३ मा वीरगञ्‍जमा पिसिआर मेसिन पठायो। तर आवश्यक अन्य थुप्रै उकरण नपठाएका कारण उक्त पिसिआर मेसिन १० दिनदेखि अस्पतालकै स्टोर रुममा थन्क्याएर राखिएको छ। सर्लाहीबाट बिहीबार राति कोरोनाका संक्रमित १४ वर्षीय बालकलाई पनि नारायणी अस्पतालको आइसोलेसनमा ल्याएर राखिएको छ।



    प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टीकै नेता सुन्दर कुर्मीले बाहिरी जिल्लाबाट कोरोना संक्रमित बिमारीलाई ल्याएर वीरगञ्‍जलाई बदनाम र त्रसित बनाउने काम भइरहेको बताए। नारायणी अस्पताललाई कोविड १९ अस्पताल बनाएर पर्सा र बारा जिल्लावासीसँग बेइमानी भएको भन्दै कुर्मीले भने ,’सरकारले कामै नलाग्ने पिसिआर मेसिन पठाएको छ। यदि कोहि नेता वा मन्त्रीले वीरगञ्‍जलाई संकटमा धकेल्न खोजेको हो भने जुन दल भए पनि त्यस्ता दल र नेतालाई तिलान्जली दिन तयार छु।’ वीरगञ्‍ज महानगरपालिका नगर प्रमुख विजय सरावगीले पनि वीरुगन्जलाई झुक्याउनका लागि पिसिआर मेसिन पठाएको बताए। उनले भने ‘वीरगञ्‍जप्रति प्रदेश र संघ सरकारले विभेद गरेका छ। सामाजिक सञ्जालमा पनि वीरगञ्‍जका युवा, नागरिक अगुवा, राजनीतिक दलका नेता कार्यकर्ताले सरकारको विरोध गरेका छन्।

    शनिबार वीरगञ्‍जमा सरकारविरुद्ध थाल ठटाउनुका साथै सिट्टी बजाएर विरोध प्रदर्शन गर्न सार्वजनिक आह्वान पनि गरिएको छ। वीरगञ्‍जमा कोरोनाको परिक्षण सेवा सुरु गर्न उदासिनता देखाएको प्रदेश सरकारले बाहिरका जिल्लाबाट भने कोरोनाका संक्रमितहरुलाई नारायणी अस्पतालमै ल्याएर थुपार्न थालेको भन्दै प्रदेश सरकारको विरोध गरिएको हो। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत वीरगञ्‍जकै भए पनि गृह नगर वीरगञ्‍जप्रति ध्यान नदिएको भनेर मुख्यमन्त्री राउतको पनि आलोचना गरिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार